आइसीसीको नियमसँग सचिन असन्तुष्ट, दिए यस्तो सुझाव
![आइसीसीको नियमसँग सचिन असन्तुष्ट, दिए यस्तो सुझाव](https://www.dcnepal.com/wp-content/uploads/2019/07/833139-sachin-tendulkar.jpg)
एजेन्सी । १२ औं संस्करणको आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि घरेलु टोलीले हासिल गर्यो। आइतबार भएको फाइनल खेलमा प्रतिद्वन्दी न्युजिल्याण्डलाई नाटकीय रुपमा पराजित गर्दै इंग्ल्याण्डले ४४ वर्षको विश्वकप इतिहासमा पहिलोपटक उपाघि जित्यो।
फाइनल खेल बराबरीमा रोकिएपछि खेल सुपरओभरमा गएको थियो। सुपरओभर पनि बराबरी भएपछि उक्त खेलमा लगाएको बाउण्ड्रीबाट विजेता घोषणा गरिएको थियो जसमा इंग्ल्याण्डले धेरै बाउण्ड्री लगाएको कारण विजेता भयो। आइसीसीको उक्त नियमको चौतर्फी आलोचना भइरहेको छ।
पूर्व स्टार ब्याटस्म्यान सचिन तेन्तुलकरले पनि विश्वकप क्रिकेटको फाइनल नतिजामाथि प्रश्न गरेका छन्। उनले त्यसबारेमा प्रश्नसँगै सुझावसमेत दिएका छन्।
सचिनले भने ‘मलाई लाग्छ विजेताको फैसला यसरी हुनुहुन्थेन। यसको सट्टा अर्को एक सुपर ओभर खेलाएर गर्नुपर्थ्यो। विश्वकपको फाइनल मात्र होइन, हरेक खेल महत्वपूर्ण हुन्छ। जस्तै फुटबलमा जब खेल अतिरिक्त समयमा जान्छ तब अरू केहिले महत्व राख्दैन’
यस्तै भारतका उप–कप्तान रोहित शर्माले पनि बाउण्ड्रीका आधारमा तय गरिने नियमप्रति प्रश्न उठाएका थिए। ट्वीट गर्दै उनले यस नियमलाई परिवर्तन गर्नुपर्ने माग गरेका थिए।
Facebook Comment