कालो सागरमा रुसी नौसैनिक जहाज डुबाएको युक्रेनको दाबी
काठमाडौं । युक्रेनले क्राइमिया नजिकै रुसी नौसेनाको जहाज डुबाएको दाबी गरेको छ । युक्रेनी सेनाले उक्त जहाज रुसको कब्जामा रहेको क्रिमिया प्रायद्वीपको पानीमा रहेको बताएको छ ।
युक्रेनी सेनाले सामाजिक सञ्जालमा जानकारी दिँदै रुसी नौसेनाको ब्ल्याक सी फ्लीटको सिजर कुनिकोफ जहाज हमलाको समयमा रिसोर्ट टाउन अल्पुका नजिकै रहेको बताएको छ ।
यो ठूलो अवतरण जहाज हो जुन ड्रोन आक्रमणमा डुबेको दाबी गरिएको छ। युक्रेनी सेनाले आक्रमणपछि जहाज डुब्न थालेको र उद्धार तथा खोजी कार्य असफल भएको बताएको छ ।
युक्रेनी सेनाले जहाजमा समुद्री ड्रोन आक्रमणको भिडियो पनि जारी गरेको छ। रुसले यस हमलाको बारेमा अहिलेसम्म प्रत्यक्ष प्रतिक्रिया दिएको छैन।
रुसी सेनाले कालो सागरमा ६ ड्रोन खसालेको र रुसी भूमिमा तीन ड्रोन खसालेको बताएको छ ।
Facebook Comment