इन्डोनेसियाको राष्ट्रपति चुनावको मतगणनामा पूर्व सैन्य जनरलको अग्रता
काठमाडौं । इन्डोनेसियाको राष्ट्रपतीय निर्वाचनमा १७ हजार टापुका करोडौं मानिसले मतदान गरेका छन् । हालसम्मको मतगणनाको रूझान अनुसार इन्डोनेसियाका रक्षामन्त्री प्राबोवो सुब्यान्टोले स्पष्ट अग्रता लिएको देखिन्छ ।
प्रोबोवोले पहिलो चरणमा नै चुनाव जित्ने आशा राखेका छन् । दुई प्रान्तका पूर्व गभर्नरहरू निवर्तमान लोकप्रिय राष्ट्रपति जोको विडोडोको स्थानमा पूर्व सैनिक जनरल प्रोबोवोसँग प्रतिस्पर्धा गर्दैछन्।
राष्ट्रपति विडोडोका जेठा छोरा प्रोबोवो उपराष्ट्रपतिको उम्मेदवार हुन् ।
राष्ट्रपति जोको विडोडोमाथि पनि उनका छोरा प्रोबोवोको चुनावी अभियानमा अनुचित सहयोग गरेको आरोप लागेको छ । राष्ट्रपतिमाथि चुनावमा सरकारी पैसा प्रयोग गरेको आरोप पनि लागेको छ ।
इन्डोनेसियामा २० करोड भन्दा बढी मानिस मतदान गर्न योग्य थिए। यो विश्वमा एकै दिनमा भएको सबैभन्दा ठूलो निर्वाचन पनि हो ।
Facebook Comment