पुटिनका आलोचक एलेक्सी नाभाल्नीको मृत्युबारे बाइडेनले के भने ?
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक एलेक्सी नाभाल्नीको मृत्युमा अमेरिकी राष्ट्रपति जो बाइडेनको पहिलो प्रतिक्रिया आएको छ र उनले यसका लागि पुटिनलाई जिम्मेवार ठहर गरेका छन् ।
अमेरिकी राष्ट्रपतिले भने – पुटिनका आलोचक र विपक्षी नेता एलेक्से नाभाल्नीको मृत्युले मलाई अचम्मित तुल्याएको छैन तर मलाई आक्रोशित बनाएको छ ।
बाइडेनले नाभाल्नीको बारेमा भने, “उनी साहसका साथ भ्रष्टाचार, हिंसा र पुटिन सरकारका सबै खराब कामहरू विरुद्ध खडा भए। नाभाल्नीको मृत्युको लागि पुटिन जिम्मेवार छन्।”
रूसी जेल अधिकारीहरूले शुक्रबार एलेक्सी नाभाल्नीको मृत्यु भएको जानकारी दिएका छन्। उनी ४७ वर्षका थिए ।
अनलाइन जारी गरिएको एक विज्ञप्तिमा भनिएअनुसार नभाल्नी हिँडेपछि अस्वस्थ देखिन्थे, जसको केही समय पछि उनी बेहोस भए र उनको मृत्यु भयो।
विज्ञप्तिमा भनिएअनुसार डाक्टरहरू तुरुन्तै नभाल्नीनजिक पुगे तर उनलाई बचाउने सबै प्रयास असफल भयो।
Facebook Comment