डोनाल्ड ट्रम्पलाई ३५० मिलियन डलर जरिवाना

डिसी नेपाल
६ फागुन २०८० १४:००

काठमाडौं । एक अमेरिकी अदालतले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धोखाधडीको आरोपमा लगभग ३५० मिलियन डलर जरिवाना लगाएको छ। न्युयोर्कको अदालतले ट्रम्पलाई धेरै वर्ष पुरानो ठगी मुद्दामा यस्तो सजाय दिएको हो ।

ट्रम्पमाथि बैंक तथा अन्य संस्थाको वित्तीय अभिलेखमा छेडछाड गरेको आरोप छ । जसका कारण ट्रम्पको सम्पत्ति बढेको छ । यससँगै ट्रम्पलाई तीन वर्षसम्म न्युयोर्कको कुनै पनि निगममा अफिसर वा निर्देशकका रूपमा नियुक्त हुन पनि प्रतिबन्ध लगाइएको छ ।

ट्रम्प रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवारको दौडमा अगाडि रहेको बेला न्यायाधीश आर्थर न्गोरोनले साढे दुई महिनाको सुनुवाइपछि यो निर्णय गरेका हुन् ।

ट्रम्पले राष्ट्रपति चुनावमा अनियमितताका कारण आफू पराजित भएको बताएका छन् ।

निर्णय पछि ट्रम्पले आफ्नो प्रतिक्रियामा भने, “नराम्रो नियतका न्यायाधीशले भर्खरै निर्णय गरे कि मैले ठूलो कम्पनी निर्माण गर्न ३५० मिलियन डलर तिर्नुपर्नेछ। मेरो अनुसार यो मेरो र सिंगो देशको लागि दुखद दिन हो।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *