भ्रष्टाचारको आरोपमा दोषी ठहर भएका थाइल्याण्डका पूर्वप्रधानमन्त्री पेरोलमा रिहा

डिसी नेपाल
७ फागुन २०८० १०:३७

काठमाडौं । थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रालाई प्यारोलमा रिहा गरिएको छ । रिहा भएपछि उनी बैंककस्थित आफ्नो घर पुगेका थिए ।

सिनावात्रालाई भ्रष्टाचार र शक्तिको दुरुपयोग गरेको आरोपमा एक वर्षको जेल सजाय सुनाइएको थियो । यसै क्रममा उनलाई जेल अस्पतालमा भर्ना गरिएको थियो, जहाँबाट उनी रिहा भएका थिए । तर स्वास्थ्यमा समस्या देखिएपछि एक दिन पनि जेल बस्नु परेन ।

७४ वर्षीय अर्बपति सिनावात्रा १५ वर्षको निर्वासनपछि थाइल्याण्ड फर्किएपछि गत वर्ष अगस्टमा हिरासतमा परेका थिए । स्व-निर्वासनबाट फर्केको केही दिनपछि थाइल्याण्डका राजाले उनको आठ वर्षको जेल सजाय घटाएर एक वर्ष गरेका थिए।

तर, उनलाई दिइएको यो छुटको निकै आलोचना भएको थियो । थाइल्यान्डका जनताले देशका धनी र सुविधाप्राप्त व्यक्तिलाई छुट दिएको बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *