एलेक्सी नाभाल्नीको शव हस्तान्तरण गर्न रुसले किन ढिलाइ गरिरहेको छ ?
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक एलेक्सी नाभाल्नीको मृत्युपछि उनको शव हस्तान्तरण गरिएको छैन ।
नाभाल्नीका नजिकका सहयोगी किरा यार्मिसले उनकी आमा लुडमिलाले आफ्नो छोराको शव पोस्टमार्टमपछि हस्तान्तरण गरिने जेल अधिकारीहरूले बताएको बताइन्। तर अहिलेसम्म हस्तान्तरण भएको छैन ।
नाभाल्नीको टोलीका अनुसार यसका एक सदस्यलाई शव जेल परिसर नजिकैको सालेखार्ड शहरमा पठाइएको थियो। तर त्यहाँ पुग्दा शवगृह बन्द थियो ।
कारागार अधिकारीलाई उद्धृत गर्दै नवल्नीको शवको पोस्टमार्टम गरिएको बताइएको छ । तर उनको मृत्युबारे कुनै निष्कर्ष निकाल्न सकेको छैन। अब दोस्रो पटक पोस्टमार्टम हुनेछ।
नभाल्नीको टोलीले प्रमाण नष्ट गर्नका लागि उनको शव हस्तान्तरण गर्न जानाजानी ढिलाइ भएको बताएको छ। शुक्रबार, नाभाल्नी आर्कटिक सर्कलको जेलमा बिरामी परे।
त्यसको केही समयपछि उनको मृत्यु भयो । रुसले नाभाल्नीलाई विष दिएर मारेको समाचार निराधार भएको बताएको छ ।
Facebook Comment