मनास्लु वर्ल्ड कलेजद्वारा विभिन्न विधामा काम गर्ने उत्कृष्ट ५ जनालाई सम्मान
काठमाडौं। चुच्चेपाटी ७ चाबहिलमा अबस्थित मनास्लु वर्ल्ड कलेजले विभिन्न विधामा काम गर्ने उत्कृष्ट ५ जना विशिष्ट व्यक्तित्वलाई सम्मान गरेको छ।
मनास्लुले स्वागत तथा विशिष्ट व्यक्तित्व सम्मान कार्यक्रम २०८० मा कक्षा ११ र १२ मा उत्कृष्ट नतिजा सहित उत्तीर्ण विद्यार्थीहरुलाई सम्मानका लागि नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा आयोजिन कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो।
विगतका वर्षहरुमा जस्तै मनास्लुले आफ्नो उत्कृष्ट १० विद्यार्थीहरुलाई मनास्लु एक्सिलेन्स अवार्डले सम्मान गरिएको हो र आफ्ना उत्कृष्ट शिक्षक तथा कर्मचारीहरुलाई समेत सम्मान गरिएको हो।
कार्यक्रममा गायिका कुन्ती मोक्तानलाई मनास्लु संगीतकर्मी सम्मान २०८०, सञ्चारकर्मी सम्मान २०८० पत्रकार जगदीश खरेललाई, कराँते खेलाडी एरिका गुरुङलाई मनास्लु खेलाडी सम्मान २०८०, शिक्षाकर्मी जयन्ती सत्याल अधिकारीलाई मनास्लु शिक्षासेवी सम्मान २०८० र समाजसेवी बालकृष्ण बुर्लाकोटीलाई मनास्लु समाजसेवी सम्मान २०८० प्रदा नगरिएको थियो।
सम्मानित व्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरि उड्डयनमन्त्री सुदन किराँती, कलेजका अध्यक्ष गेन्द्र लामा र प्रिन्सिपल राजन श्रेष्ठले संयुक्त रुपमा सम्मान प्रदान गरेका थिए।
सम्मानितहरु मध्ये सञ्चारकर्मी जगदीश खरेलले समग्रमा सम्बोधन गरेका थिए। सम्बोधनमा उनले भने नेपालको भविष्य उपस्थित विध्यार्थीहरुमा देखेको सुनाए। पछिल्लो पुस्तामा देशमा केही हुन्न भन्ने सोच व्यप्त रहेको र हरियो राहादानीले विश्वभर खेपिरहेको अपमान आफुले प्रत्यक्ष देखेको बताए।
कार्यक्रममा आफ्नो हातबाट साह्रै महत्वपुर्ण व्यक्तित्वहरुलाई सम्मान गर्ने अवसर प्रदान गरेको आयोजक कलेजलाई धन्यवाद व्यक्त गर्दै शुभकामना समेत दिएका थिए।
कार्यक्रममा मनास्लु कलेजमा अध्ययनरत विद्यार्थीहरुमध्ये उत्कृष्ट दश जनालाई विभिन्न विधाहरु, मनाल्लु एकाडेमिक अचिभ्मेन्ट अवार्ड, मनास्लु लिडरसिप अवार्ड, आर्टफुल्लि क्रियटिभ अवार्ड लगायतका विधाहरुले सम्मान गरिएको थियो ।
कक्षा ११ को बोर्ड परिक्षाको नतिजाको आधारमा साइन्स, म्यानेजमेन्ट, ह्युम्यानिटिज र ल संकायका विद्यार्थीहरुलाई सम्मान गरिएको थियो। साथै कक्षा १२को पनि बोर्ड परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान गरिएको थियो।
कार्यक्रमकै अवसर पारेर मनास्लु वल्र्ड कलेजमा अध्यापनरत विद्यार्थीहरुलाई मनास्लु आईडल २०८०, मनास्लु डान्सिङ स्टार २०८० र मिस्टर एण्ड मिस मनास्लु २०८० लगायतका विभिन्न कार्यक्रमहरुको ग्राण्ड फिनालेको समेत आयोजना गरिएको थियो।
विगतमाझैं मनास्लुले आफ्ना विद्यार्थीहरुलाई कक्षाकोठाको सिकाईबाहेक विभिन्न विधाहरुमा अतिरिक्त शिक्षालाई समेत जोड दिइएको पाइन्छ। मनास्लु आईडल २०८०मा यसै कलेजमा अध्ययनरत विद्यार्थी अरुणलामाले टाईटल जितेको थिए जसमा निर्णाय भुमिकामा बरिष्ठ गायिका कुन्ति मोक्तान र सुवानी मोक्तान थिए।
कोरियोग्राफर तथा निर्णायकद्धय महेश गोदार र गजित बिष्टले गरेको निर्णायानुसार मनास्लु डान्सिङ स्टार २०८०को टाइटल सुष्मिता सुनारले पाएका थिए । मिस्टर एण्ड मिस मनास्लु २०८०मा भने मिस्टर मनास्लु २०८०को ताज दावा छिरिङ भोटे र मिस मनास्लुको ताज स्यारुन वाइबा तामाङले जितेका थिए।
कार्यक्रमकै अवसर पारेर मनास्लु वल्र्ड कलेजमा अध्यापनरत शिक्षकहरु मध्य कार्यसम्पादनको अधारमा उत्कृष्ट ६ जना शिक्षक शिक्षिका तथा कर्मचारीहरुलाई समेत सम्मान गरिएको थियो।
Facebook Comment