बिहान खाली पेटमा १ चम्चा मेथीको दाना खानुहोस्, डायबिटीज हुन्छ नियन्त्रण

काठमाडौं। हाम्रो भान्सामा धेरै मसलाहरू पाइन्छ जसले तपाईंको स्वास्थ्यलाई सुधार गर्न सक्छ। यी मसलाहरू मध्ये एक हो मेथी । मेथी भान्सामा नियमित प्रयोग हुने मसला हो। प्राचिन काल देखिनै यसको औषधीय गुणका कारण तरकारी तथा औषधीको रूपमा यसको प्रयोग गरिदै आएको पाइन्छ।
मेथीको दाना प्रायः तरकारीको स्वाद मिठो बनाउन वा अचारमा स्वाद थप गर्नका लागि यसको प्रयोग गर्ने गरिन्छ। तर के तपाईलाई थाहा छ यो साधारण देखिने मेथिले तपाईको स्वास्थ्यका लागि कति फाइदा पुर्याउछ। आयुर्वेदमा मेथीलाई बहुगुणी औषधीको रूपमा प्रयोग गर्ने गरिन्छ ।
मेथीमा प्रोटीन, वसा, कार्बोहाईड्रेट, क्ल्शियम, राइबोफ्लेविन, नियासिन, मैग्नीशियम, पोटाशियम, सोडियम, म्याङ्गेनिज, फोलिक एसिड, फाइबर फास्फोरस तथा फलाम, तामा प्रचुर मात्रामा पाइन्छ। यसका साथै यसमा सेल्यूलोज, स्टार्च, शर्करा, म्यूसिलेज, खनिज पदार्थ, एल्कोलायड र भिटामिन ए, बी, सी तथा फास्फोरिक एसिड, कोलाईन र ट्राइगोनेलिन एल्केलाईड्स, गोंद, लेसीथिन, स्थिर तेल, एलब्युमिन प्रोटीन, पहेंलो रङ्गको रजक तत्वपनि पाइने गर्दछ।
मेथीको दाना डायबिटीज रोगीको लागि अमृत जस्तै हो। यसमा फाइबर र एन्टिअक्सिडेन्ट प्रचुर मात्रामा पाइन्छ । जसका कारण यसमा पाइने घुलनशील फाइबरले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ । मधुमेहका रोगीहरूले आफ्नो आहारमा मेथी समावेश गर्नुपर्छ। डायबिटीजमा मेथीको दानाको पाउडर अत्यन्त लाभप्रद हुन्छ । यसमा अमिनो एसिड हुन्छ जो इन्सुलिन निर्माणमा सहायक हुन्छ।
यसरी उपभोग गर्नुहोस्ः
राति पानीमा १ चम्चा मेथी भिजाउनुहोस् । बिहान पानीबाट बीउ निकाल्नुहोस्। अब यो दानालाई राम्ररी चपाएर खाली पेटमा खानुहोस्। यो खाएको आधा घण्टा पछि कुनै पनि ब्रेकफास्ट गर्नुहोस्।
मेथीका दाना यी रोगहरूमा पनि हुन्छ प्रभावकारीः
छालाको लागि फाइदाजनकः मेथीको दाना छालाको लागि धेरै प्रभावकारी हुन्छ। यसले तपाईंलाई धुलो, माटो र सूर्यको हानिकारक किरणहरूबाट बचाउँछ। डार्क सर्कल हटाउन, मेथीको दानाको प्याक लगाउनुहोस्। यसका दानालाई राती भिजाउनुहोस् र बिहान पानी बाहिर फाल्नुहोस्, मिक्सरमा पिसेर पेस्ट बनाउनुहोस् र अब छालामा लगाउनुहोस्। यसले तपाईको छालालाई चम्किलो बनाउनेछ।
पेटको समस्यामा प्रभावकारीः मेथीको दाना पेटको समस्यामा प्रभावकारी हुन्छ । यसको सेवनले पाचन क्रिया सुधार गर्छ, भोक बढाउँछ र पेटको ग्यास र कब्जियत पनि हटाउँछ।
स्तनपान गराउने महिलाका लागि प्रभावकारीः सुत्केरी महिलाका लागि मेथी निकै फाइदाजनक हुन्छ । यसले महिलाले बच्चालाई खुवाउनका लागि दुधको उत्पादन पनि बढाइदिन्छ। त्यसैले मेथीको लड्डू तयार गरी खानुपर्छ । लड्डू बनाउन नसके मेथीलाई रातभर भिजाएर बिहान खानुहोस् ।
कोलेस्ट्रोल घटाउँछः उच्च फाइबर र एन्टिअक्सिडेन्ट गुणले भरिपूर्ण मेथीले कोलेस्ट्रोल घटाउन मद्दत गर्छ। जसका कारण मुटु सम्बन्धी रोग लाग्ने सम्भावना पनि कम हुन्छ ।
मोटोपना घटाउँछः मेथीले पेटको बोसो घटाउन धेरै मद्दत गर्छ। मेथीको दानामा पाइने घुलनशील तत्व भोक कम गर्न निकै प्रभावकारी हुन्छ । यसमा पाइने उच्च फाइबरले सूजन कम गर्न मद्दत गर्छ।
सुगरको नियन्त्रणः मेथीको सेवनले रगतमा हुने सुगर लेवल पनि नियन्त्रित हुन्छ । मेथीमा हुने एमीनो एसिडले प्याङ्क्रियाजमा हुने इन्सुलिनको प्रभाव बढाउँछ र यसले रगतमा हुने सुगरको मात्रा नियन्त्रण गर्छ। मधुमेहका रोगीहरूलाई पनि मेथी सेवन राम्रो मानिन्छ ।
मोटोपनको नियन्त्रणः मेथीमा उच्च मात्रामा फाइवर हुन्छ । यसले पाचन प्रणालीमा सहयोग गर्छ। यसले शरीरलाई चाहिने भन्दा बढी क्यालोरी पनि कम गर्दिन्छ । विहानमा एक गिलास मेथीको पानी पिउनुस् यसले शरीरलाई अत्यन्तै फाइदा गर्छ ।
Facebook Comment