संयुक्त राष्ट्रसंघमा गाजामा तत्काल युद्धविरामको प्रस्ताव अमेरिकाले भिटो लगाएर रोकिदियो

डिसी नेपाल
९ फागुन २०८० १३:२१

काठमाडौं । गाजामा तत्काल युद्धविरामको माग गर्दै संयुक्त राष्ट्रसंघमा पेश गरेको प्रस्तावलाई अमेरिकाले भिटो लगाएको छ । अमेरिकाले ‘अस्थायी युद्धविराम’को लागि अपील गर्ने आफ्नै प्रस्ताव ल्याएपछि यो भिटो गरेको थियो।

अमेरिकाका सहयोगी राष्ट्रहरूले पनि यस कदमको निन्दा गरेका छन् र अमेरिकाले युद्धविराम प्रस्तावलाई अवरुद्ध गरेकोमा दुःख व्यक्त गरेका छन्।

आफ्नो प्रस्तावमा अमेरिकाले इजरायललाई रफाहमा प्रवेश नगर्न चेतावनी दिएको छ । इजरायलले रफाहमा प्रवेश गर्ने कुरा गरेको छ र हमासलाई सबै इजरायली बन्धकहरूलाई रिहा गर्न मार्च १० सम्मको समय दिएको छ।

यसअघि पनि संयुक्त राष्ट्रसंघमा मतदानका क्रममा अमेरिकाले ‘युद्धविराम’ शब्दलाई वेवास्ता गर्दै आएको छ ।

१५ सदस्यीय सुरक्षा परिषद्मा १३ देशले अल्जेरियाको प्रस्तावलाई समर्थन गरेका थिए भने बेलायतले मतदान प्रक्रियामा भाग लिएन ।

अमेरिकाले यो प्रस्तावलाई भिटो गर्‍यो र संयुक्त राष्ट्रका लागि अमेरिकी राजदूत लिन्डा थोमस-ग्रीनफिल्डले भनिन् ‘हमास र इजरायलबीच वार्ता अझै चलिरहेको छ । त्यसैले तत्काल युद्धविरामको लागि आह्वान गर्ने यो उपयुक्त समय होइन।’

अमेरिकाले ल्याएको प्रस्तावमा ‘जतिसक्दो चाँडो’ अस्थायी युद्धविराम लागू गर्ने र इजरायली बन्धकहरूलाई रिहा गर्ने शर्त राखिएको छ । गाजामा सहायता पुग्नबाट रोक्ने सबै प्रतिबन्ध हटाउनुपर्छ पनि भनिएको छ।

तर, सुरक्षा परिषदले अमेरिकाको प्रस्तावमा मतदान गर्छ कि गर्दैन भन्ने स्पष्ट भइसकेको छैन, खासगरी अमेरिकाले रोजेका शब्दहरूपछि यो शंका कायमै छ ।

अमेरिकाले अल्जेरियाको युद्धविराम प्रस्तावलाई भिटो गरेपछि, संयुक्त राष्ट्रका लागि उत्तर अफ्रिकी देशका राजदूतले भने कि यसले “प्यालेस्टिनीहरूलाई कडा सन्देश पठाउनेछ” र “दुर्भाग्यवश सुरक्षा परिषद फेरि असफल भएको छ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *