दिल्लीमा नेपाली बालिकाको बलात्कारपछि हत्या भएको पुष्टि
नयाँ दिल्ली । भारतको दिल्लीमा हत्या गरिएको अवस्थामा फेला परेकी एक नेपाली बालिकाको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । पोष्टमार्टम प्रतिवेदनले उनको बलात्कार भएको पुष्टि गरेको हो।
भारतको राजधानी नयाँ दिल्लीस्थित शकरपुर लक्ष्मीनगरमा ९ वर्षीया नेपाली बालिकाको शव फेला परेको थियो । अहिले बालिकाको पहिचान भने खुलाईएको छैन ।
नेपालको बाजुरा स्थायी घर भएकी ती बालिकाको गत जुलाई १९ तारिख शुक्रबारका दिन हत्या भएको थियो। बालिकाको हत्या गरेको आरोपमा सोनु नाम गरेका भारतीय नागरिक पक्राउ परेका छन्।
पक्राउ परेका आरोपित सोनुले आफुँले बालिकाको हत्या गरेको स्वीकार गरिसकेका छन् । आरोपित सोनु बालिकाका बाबु–आमाले काम गर्ने होस्टेलमा सँगै काम गर्ने कर्मचारी हुन्।
मृत बालिकाको पोस्टमार्टमपछि गएको आइतबार निगम बोध घाटमा दाहसंस्कार गरिसकिएको छ । दिल्लीस्थित नेपाली राजदूतावासले यो विषयमा भारतीय अधिकारीसँग समन्वय गरिरहेको जनाइएको छ ।
दिल्ली प्रहरीले पनि अनुसन्धान जारी रहेको जनाएको छ । पोष्टमार्टम प्रतिवेदनले बलात्कार भएको पुष्टि गरेकाले अब प्रहरीले त्यसतर्फ पनि अनुसन्धान गर्ने जनाएको छ।
Facebook Comment