अरुको लहलहैमा आफू कार्यरत कम्पनी नछोड्न कतारस्थित नेपाली दूतावासको आग्रह
दोहा । दोहास्थित नेपाली राजदूतावासले अरुको लहलहैमा आफू कार्यरत कम्पनी नछोड्न कतारमा कार्यरत नेपालीहरूलाई आग्रह गरेको छ ।
राम्रो तलब सुविधा पाउने आश्वासनमा आफू कार्यरत कम्पनी छोड्ने र आश्वासन बमोजिमको काम नपाउने तथा कतिपय अवस्थामा नयाँ कामको लागि भनी थप पैसासमेत तिरेको र हाल आफू अलपत्र परेको भन्दै दूतावासमा उद्धारका लागी धेरै जनाको गुनासो आउन थालेपछी दूतावासले आइतबार एक सूचना जारी गर्दे यस्तो आग्रह गरेको हो ।
कतारको नयाँ श्रम कानुनअनुसार एउटै कम्पनीमा ५ वर्ष भन्दाबढी काम गरेमा अर्का कम्पनी बदल्न पाउने प्रावधान छ । तर, यो नयाँ कानुनी नियम लागुभएपछि फाइदा लिनेको भन्दा समस्या पाउनेहरूका संख्या बढ्न थालेको छ ।
प्रतिक्रिया
Facebook Comment