बिजेपीले घोषणा गरेका १९५ उम्मेदवारमा परे एकजना मुस्लिम

डिसी नेपाल
२० फागुन २०८० ६:५३

नयाँ दिल्ली। भारतीय जनता पार्टीले आगामी लोकसभा चुनावका लागि १९५ उम्मेदवारहरूको पहिलो सूची जारी गरेको छ।

यसमा पार्टीले केरलाको मलाप्पुरमबाट एकमात्र मुस्लिम उम्मेदवार डा. अब्दुल सलामलाई उम्मेदवार बनाउने जानकारी दिएको छ।

डा अब्दुल सलामले २०२१ को विधानसभा चुनावमा तिरुर विधानसभा सिटबाट चुनाव लडेका थिए। उनी यो सिटमा तेस्रो भए। दोस्रो स्थानमा रहेका स्वतन्त्र अशरफलाई पराजित गर्दै आईयूएमएलका उम्मेदवार कुरुकोली मोइदिन विजयी भए पनि भाजपाले मलप्पुरम लोकसभा सीटबाट डा सलामलाई उम्मेदवार बनाएको हाे।

भारतीय जनता पार्टीले पहिलो सूचीमा उत्तर प्रदेशका ८० मध्ये ५१ सिटका लागि उम्मेदवारको नाम घोषणा गरेको छ । योसँगै पश्चिम बंगालमा २६, मध्य प्रदेशमा २४, राजस्थानमा १५, केरलामा १२, तेलंगानामा ९, असममा ११, गुजरातमा १५, झारखण्डमा ११, दिल्लीमा ५, जम्मू र २ सिट छन्। कश्मीर, उत्तराखण्डमा ३, यसका अलावा छत्तीसगढ, गोवा, अण्डमान र दमन दीवमा १–१ सिटमा पनि नाम घोषणा गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *