हैटीको जेलबाट ३७ सय कैदी फरार, सरकारले लगायो संकटकाल
काठमाडौं। क्यारेबियन देश हाइटीको सरकारले देशमा ७२ घण्टाको संकटकाल घोषणा गरेको छ। एक सातादेखि जारी हिंसालाई मध्यनजर गर्दै संकटकाल लगाउने निर्णय गरेको त्यहाँको सरकारले जनाएको छ।
सशस्त्र समूहले पोर्ट–ओ–प्रिन्स जेलमा आक्रमण गरे पछि हाइटी सरकारले आइतबार ७२ घण्टाको आपतकाल घोषणा गरेको हो। जेल ब्रेकमा कम्तिमा १२ जनाको मृत्यु भएको थियो र करिब ३,७०० कैदीहरू भागेका थिए।
गिरोहका नेताहरूले विदेश भ्रमण गरेका प्रधानमन्त्री एरियल हेनरीलाई जबरजस्ती राजीनामा चाहेको बताएका छन्। उसलाई हटाउने समूहहरूले पोर्ट ओ प्रिन्सको लगभग ८० प्रतिशत भाग नियन्त्रण गर्छन्। गिरोह हिंसाले हाइटीलाई वर्षौंदेखि ग्रस्त बनाएको छ।
वास्तवमा गत फ्रेवुअरी २९ मा देशमा रहेका आपराधिक गिरोहका सदस्यले धेरै सरकारी संस्थामा आक्रमण गरेका थिए। उनीहरुले जेलमा आक्रमण गरेपछि लगभग ४ हजार कैदी भागेका थिए।
यी हतियारधारीहरूले देशका धेरै ठाउँमा पसल र घरमा आगजनी र तोडफोड गरिरहेका छन्। हिंसामा हालसम्म १२ जनाको मृत्यु भइसकेको छ। हिंसाको कारण प्रधानमन्त्री एरियल हेनरीको विदेश भ्रमण रहेको बताइएको छ। यसबाट असन्तुष्ट अपराधी गिरोहका मानिसहरुले उनको राजीनामाको माग गरिरहेका छन्।
बीबीसीका अनुसार प्रधानमन्त्री एरियल हेनरीले केन्याको भ्रमण गरेपछि हाइटीमा हिंसा सुरु भएको हो। वास्तवमा केन्याको नेतृत्वमा रहेको बहुराष्ट्रिय सुरक्षा बल हाइटीमा तैनाथ गर्ने विषयमा छलफल गर्न प्रधानमन्त्री नैरोबी गएका थिए। त्यसपछि हाइटीका सबै आपराधिक गिरोहले एकताबद्ध भएर प्रधानमन्त्रीलाई पदबाट हटाउन हिंसा गर्न थालेका हुन।
हाइटी प्रहरीले आपराधिक गिरोहसँग आवद्ध अपराधीलाई पक्राउ गर्न सेनासँग सहयोग मागेको छ। सरकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘२ मार्चमा दुईवटा कारागारमा आक्रमण भएको थियो। यहाँबाट ४ हजार कैदी भागेका छन्। कतिपयलाई प्रहरीले मारेको छ। देशमा जारी हिंसामा हालसम्म १२ सर्वसाधारणको मृत्यु भइसकेको छ। फरार कैदीहरूमा २०२१ मा हाइटीका राष्ट्रपति जोभेनेल मोइसको हत्या गर्ने कैदी पनि समावेश रहेको जनाइएको छ।
Facebook Comment