सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्रालय बाँडफाँटका विषयमा छलफल

डिसी नेपाल
२२ फागुन २०८० ८:५१

काठमाडौं। नयाँ सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । मन्त्रालयको बाँडफाँडका विषयमा छलफल गर्न
बैठक दिउँसो तीन बजे बालुवाटारमा बस्ने भएको हो ।

सत्ता गठबन्धन बैठक अघि लोकतान्त्रिक समाजवादी र एकीकृत समाजवादी पार्टीसँग पनि छलफल गर्ने  बताइएकाे छ।

प्रतिनिधि सभामा नेकपा (एमाले) को ७७, माओवादी केन्द्रको ३२, रास्वपाको २१, जसपाको १२ सिट रहेको छ। सोमबार यी दलहरूबीच सत्ता सहकार्यको समझदारी भएर आठ बुँदे सहमति भएको थियो।

अब १० सिट रहेको एकीकृत समाजवादी, तीन सिट रहेको नागरिक उन्मुक्ति, चार सिट रहेको लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि जोड्ने प्रयास भइरहेको माओवादी केन्द्रमा महासचिव देव गुरूङले बताए।

उनीहरूसँग छलफल सकिएपछि सत्ता गठबन्धनको बैठक बसेर मन्त्रालय बाँडफाँट हुने जानकारी दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *