उडिरहेको विमानबाट खसेर १९ वर्षकी विद्यार्थीको मृत्यु

डिसी नेपाल
१६ साउन २०७६ १६:२३

एजेन्सी। उडिरहेको विमानबाट खसेर माडागास्करमा क्याम्ब्रिज विश्वविद्यालयमा अध्ययनरत एक छात्राको मृत्यु भएको छ । एलाना कटल्याण्ड नामकी १९ वर्षकी ती छात्रा एक महिनाअघि मडागास्करमा इन्टर्नका लागि गएकी थिइन् । द गार्डियनको समाचारमा उल्लेख भएअनुसार उनी सेस्ना स्टाइल सानो विमानबाट खसेकी हुन् । विमान सभानामाथि उडिरहेको बेला उनी खसेकी हुन् ।

उनी अनुसन्धानका लागि गएकी थिइन् । उनको परिवारले उनलाई प्रतिभाशाली विद्यार्थी भनेको छ । परिवारले एक वक्तव्य प्रकाशित गर्दै उनी संसारका रहस्यहरु खोज्न उत्सुक भएको उल्लेख गरेको छ । क्याम्ब्रिज विश्वविद्यालयको रोबिन्सन कलेजका तर्फबाट डा. डेभिड उडम्यानले पनि एक वक्तव्य प्रकाशित गर्दै उनीप्रति श्रद्धाञ्जली दिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *