फ्रान्समा गर्भपतन संवैधानिक अधिकार बन्यो

डिसी नेपाल
२२ फागुन २०८० १५:५६

काठमाडौं । अब फ्रान्समा गर्भपतनलाई संवैधानिक अधिकार बनाइएको छ। फ्रान्स आफ्नो संविधानमा गर्भपतनको अधिकार समावेश गर्ने विश्वको पहिलो देश हो।

फ्रान्सेली संसदका सदस्यहरूले यसका लागि संवैधानिक संशोधनलाई अनुमोदन गरे। गर्भपतनलाई संवैधानिक अधिकार बनाउन फ्रान्सको सन् १९५८ को संविधान संशोधन गरिएको थियो।

यसबाट महिलालाई गर्भपतन गराउने स्वतन्त्रता दिइएको छ । फ्रान्सको संसदमा यो संशोधनको पक्षमा ७८० मत परेको थियो भने विपक्षमा ७२ मत परेको थियो । संशोधन पारित हुनेबित्तिकै संसदका सदस्यहरुले उठेर स्वागत गरेका थिए ।

संशोधन पारित भएपछि राष्ट्रपति इमानुएल म्याक्रोनले यसलाई फ्रान्सका लागि गौरवको विषय भनेका छन् । उनले यो संविधान संशोधनले विश्वलाई सन्देश दिने बताए ।

तर, गर्भपतन विरोधी संगठनहरुले सरकारको यो कदमको विरोध गरेका छन् । रोमन क्याथोलिक चर्चको मुख्यालय भ्याटिकन पनि यसको विरुद्धमा छ। फ्रान्समा गर्भपतन कानुनी छ, तर देशका ८५ प्रतिशत जनताले यसलाई संविधानमा ग्यारेन्टी गर्न चाहन्थे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *