सत्ता केन्द्रीत चलखेलमा राप्रपा सहभागी हुँदैनः राजेन्द्र लिङ्देन (भिडियो)
काठमाडौं। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सत्ता केन्द्रीत चलखेलमा पार्टी सहभागी नहुने स्पष्ट पारेका छन्।
बुधबार पार्टी कार्यालय धुम्वाराहीमा आयोजित बृहत जनप्रदर्शनको तयारी सम्बन्धी कार्यक्रममा उनले राप्रपाको एकमात्र अर्जुनदृष्टि आन्दोलन भएको भन्दै सत्ता केन्द्रीत चलखेलमा पार्टी सहभागी नहुने स्पष्ट पारेका हुन्।
उनले पछिल्लो राजनीतिक घटना क्रमले आफुहरुको आन्दोलनको अनुकुल वातावरण बनेको जिकिर गरे। अहिलेको व्यवस्था रहेसम्म सुशासनका साथै बिकास र समृद्धिको कल्पना पनि गर्न नसकिने उनले बताए । उनले अहिलेको समस्या व्यक्ति र नेतृत्वमा नभइ व्यवस्थामा नै भएकाले व्यक्तिपरिवर्तन गौर्ण भएको पुष्टि भएको धारणा राखे।
अहिले जनतालाई राप्रपाले उठाएको मुद्दा सहि रहेछ भन्ने कुरा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता पक्षधरले नै प्रमाणीत गरिदिएको उनले बताए।
प्रधानमन्त्री पाए जानुस नत्र काम छैन !!