हिजो ५ सयले बढेको सुनको मूल्य आज १५ सयले बढेर नयाँ रेकर्ड बन्यो

काठमाडौं । सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्य इतिहासकै सबैभन्दा धेरै १ लाख २५ हजार पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघले बिहीबार छापावाला सुनको मूल्य १ लाख २५ हजार कायम गर्दै नयाँ मूल्य सूची सार्वजनिक गरेको छ ।
छापावाला सुन बुधबार प्रतितोला १ लाख २३ हजार ५ सयमा कारोबार भएको थियो । बुधबार पनि मंगलबारको तुलनामा सुनको मूल्य ५ सयले बढेको थियो । आज प्रतितोला १५ सयले बढेर नयाँ उचाइमा पुगेको हो ।
आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २४ हजार ४ सय कायम भएको छ । चाँदीको मूल्य अघिल्लो दिनको कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले घटेर रु एक हजार चार सय ७० तोकिएको छ ।
प्रतिक्रिया
Facebook Comment