स्वरोजगार लघुवित्तको फागुन २६ गते साधारण सभा

काठमाडौं। स्वरोजगार लघुवित्तको फागुन २६ गते वार्षिक साधारण सभा बस्ने भएको छ।
साधारण सभामा स्वरोजगारले ७।३६८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
कम्पनीका अनुसार ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।३६८ प्रतिशत नगद गरी कुल ७।३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन गर्ने प्रस्ताव पनि साधारण सभामा पेश हुनेछ । साथै, सभामा आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।
आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभा प्रयोजनार्थ कम्पनीले फागुन १३ गते आइतबार बुक क्लोज गरिसकेको छ । बुक क्लोजभन्दा अगाडि कायम रहेका सेयरधनीले मात्र लाभांश प्राप्त तथा सभामा भाग लिन सक्नेछन् ।
सभा नेपाल हाउस हात्तीसारमा बिहान ११ः३० बजेदेखि सुरु हुनेछ ।
Facebook Comment