थाइल्याण्डमा एक करोडभन्दा बढी मानिसले वायु प्रदूषणसँग सम्बन्धित रोगहरूको उपचार गराए

डिसी नेपाल
२४ फागुन २०८० १५:०९

काठमाडौं । गत वर्ष थाइल्याण्डमा एक करोडभन्दा बढी मानिसले वायु प्रदूषणका कारण हुने रोगको उपचार गराएका थिए । थाइल्याण्ड प्रशासनले यो जानकारी दिएको हो ।

थाइल्याण्डको हावाको गुणस्तर दिनप्रतिदिन नाजुक बन्दै गएको बेला राष्ट्रिय आर्थिक तथा सामाजिक विकास परिषद् (एनइइएसडीसी) ले यो तथ्याङ्क सार्वजनिक गरेको हो ।

विशेषगरी देशको उत्तरी भागमा बालीजन्य फोहोर जलाउने र जङ्गलमा लागेको आगोले वर्षको सुरुमा धुवाँको कम्बल निम्त्याउँछ।

सन् २०२४ को शुरुवातमा पनि गत वर्षको तुलनामा प्रदूषणजन्य रोगमा बृद्धि भएको देखिएको छ ।

समाचार एजेन्सी एएफपीका अनुसार सन् २०२३ को पहिलो नौ हप्तामा प्रदूषणजन्य रोगको उपचार गराइरहेका व्यक्तिको संख्या १३ लाख थियो। यो वर्ष सोही अवधिमा यो संख्या १६ लाख पुगेको छ ।

यसमा फोक्सोको क्यान्सर, ब्रोन्काइटिस, दम र मुटु सम्बन्धी रोगजस्ता गम्भीर अवस्थामा पुगेका व्यक्तिहरू पनि पर्छन्।

“थाइल्याण्डले पीएम २.५ ले मानिसहरूको स्वास्थ्यमा पार्ने प्रभावलाई प्राथमिकतामा राख्नु पर्छ,” एनइइएसडीसी ले भन्यो।

पछिल्ला केही वर्षमा थाइल्याण्डका बासिन्दा र वातावरणीय समूहहरूले पनि प्रदूषणविरुद्ध कडा कारबाही गर्न सरकारसँग माग गर्दै मुद्दा दायर गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *