प्रधानमन्त्रीलाई विश्वासको मत दिन एकीकृत समाजवादी सहमत

डिसी नेपाल
२९ फागुन २०८० ११:३३

काठमाडौं। एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन सहमत भएको छ।

मंगलबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको सत्ता गठबन्धनमा आबद्ध दलका नेताबीचको छलफलमा एकीकृत समाजवादी प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन सहमत भएको हो।

साथै सोही छलफलमा राष्ट्रियसभा अध्यक्ष पदमा सत्ता गठबन्धनतर्फका उम्मेदवारका पक्षमा मतदान गर्न सहमत छ। प्रधानमन्त्री प्रचण्डले बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *