अमेरिकाले ५० लाख डलर टाउकोको मूल्य तोकेका नेताको मृत्यु

डिसी नेपाल
२९ फागुन २०८० १२:१७

काठमाडौं । अल–कायदाको यमन शाखाले आफ्ना नेता खालिद बत्राफीको मृत्यु भएको जानकारी दिएको छ । यद्यपी उनको मृत्यु के परिस्थितिमा भएको हो भन्ने बारे कुनै जानकारी आएको छैन ।

अल-कायदा इन द अरेबियन पेनिन्सुला (एक्युएपी) को भिडियोमा बत्राफीको शव कफनमा बेरिएको देखाइएको छ। उनको शरीरमा संगठनको ब्यानर टाँसेको छ । यद्यपी संगठनसँग सम्बद्ध एक वरिष्ठ सदस्यले उनको मृत्यु कसरी भयो भन्ने बताएनन् ।

तर उनले त्यस्ता शब्दहरू प्रयोग गरे जसले देखाउँछ कि उनको पूर्ववर्ती जस्तै उनको हत्या भएको छैन।

बत्राफी आफ्नो उमेरको चौथो दशकमा थिए र उनी साउदी अरबका नागरिक थिए। उनी २०२० मा एक्युएपीको नेता बने। अमेरिकाले सन् २०१८ मा उनलाई ‘ग्लोबल टेररिस्ट’को सूचीमा राखेको थियो । उनीमाथि पचास लाख डलर पुरस्कार राखिएको थियो ।

एक्युएपीको मिडिया आउटलेटहरू द्वारा एक सोशल मिडिया पोस्टमा, संगठनका अधिकारी अबु खुबयब अल-सुदानीले बत्राफीको मृत्युको बारेमा जानकारी दिने बयान पढिरहेको देखिन्छ। उनलाई कसैले आक्रमण गरी मारेको हो भन्ने कुरा भने उल्लेख गरिएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *