नेप्से परिसूचक सामान्य अंकले घट्यो

काठमाडौं। नेप्से परिसूचक सामान्य अंकले घटेको छ । बुधबार २.४८ अंकले घटेको सेयर बजार २१०८.७२ विन्दुमा आएर बन्द भएको छ ।
यसदिन ३१० कम्पनीको १ करोड ८ लाख ८९ हजार ६३४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २४ करोड ८५ लाख २३ हजार ३३२ रुपैयाँको कारोबार भएको छ।
यसदिन ९४ कम्पनीको सेयर मूल्य बढ्दा १३३ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने १६ वटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।
प्रतिक्रिया
Facebook Comment