कांग्रेसले सदनमा उठाएका विषयलाई सामान्य रुपमा लिए कठोर कदम चाल्न वाध्य हुन्छौँः सांसद खतिवडा

डिसी नेपाल
१ चैत २०८० १६:४७

काठमाडौं। नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले कांग्रेसले सदनमा उठाएका विषयलाई सामान्य रुपमा लिए कठोर कदम चाल्न वाध्य हुने बताएका छन्।

बिहीबार संसद भवन नयाँ बानेश्वरमा संचारकर्मीसँग कुरा गर्दै खतिवडाले सहकारी र सुन प्रकरणका बारेमा आफुहरुले सदनमा प्रधानमन्त्रीको जवाफ माग गरेको भन्दै सदनमा उठाएका विषयलाई सामान्य रुपमा लिए कठोर कदम चाल्न बाध्य हुने बताएका हुन्।

उनले संसदलाई अवरुद्ध गर्ने अवस्था सकेसम्म आउन नदिने तर संसदीय पद्धती अनुसार गर्ने काम कारवाही सरकारले गरेन भने अर्को कदम चाल्ने चेतावनी दिए।

उपप्रधान एवं गृहमन्त्री वा अन्य मन्त्रीहरुका विषयमा सदनमा प्रश्न उठ्नु अस्वभाविक नभएको उनको भनाइ छ। उनले सुन तस्करी अध्ययन प्रतिवेदन सवै सांसदहरुको हातमा आउनुपर्ने बताए। उनले गृहमन्त्रीले आफ्नो मुद्दामा चलखेल गर्ने काम नगर्ने र अरु मुद्दाहरुमा पनि गलतलाई कारवाही गर्नेगरि अघि बढ्न सुझाव दिएको धारणा राखे।

त्यस्तै खतिवडाले सुशासनको कुरा गर्ने प्रधानमन्त्रीले विभिन्न प्रकरणमा मुछिएकालाई मन्त्रिपरिषदमा सहभागी गराएको भन्दै आपत्ति जनाए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *