सीआईबी प्रमुखमा श्याम ज्ञवाली

डिसी नेपाल
२ चैत २०८० १९:०३

काठमाडौं। सरकारले केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक किरण बज्राचार्यलाई सरुवा गरेको छ। बजा्रचार्यलाई कार्य विभाग प्रमुखमा सरुवा गरेको हो। सरकारले बज्राचार्यको स्थानमा अर्का प्रहरी अतिरिक्त महानिरिक्षक श्याम ज्ञवालीलाई ल्याएको छ।

सिंहदरबारमा बसेको बैठकमा सुन तस्करीको छानबिन गर्न गठित आयोगको प्रतिवेदनले औल्याएका विषयलाई निर्णयमा लैजाने मन्त्री शर्माले बताइन्। आयोगले बुझाएको प्रतिवेदन अध्ययन गरेर सरकारले आवश्यक कदम चाल्ने उनले बताइन्। उनले सरकारले सुरु देखि नै दोषी नउम्कने र निर्दोषलाई नफसाउने स्पिरिटमा काम गरिरहेकाले सुन प्रकरणमा कोही पनि दोषी नउम्कने दाबी गरिन्।

त्यस्तै उनले नेपाली कांग्रेसले राजनीतिक पूर्वाग्रहका आधारमा संसद अवरोध गरेको बताइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *