सन्नी देओल आफनो छोरा करणसँग ‘लाहोर १९४७’मा भिड्ने
मुम्बई। सन्नी देओलका छोरा करण देओललाई पनि ‘लाहोर १९४७’ मा कास्ट गरिएको छ। फिल्ममा सन्नी र करण पहिलो पटक एक अर्कासँग स्क्रिन सेयर गर्दैछन्।
‘गदर २’ को ठूलो सफलतापछि मानिसहरु सन्नी देओलको नयाँ प्रोजेक्टको उत्सुकताका साथ पर्खिरहेका छन्। उनको आगामी फिल्म ‘लाहोर १९४७’ लाई लिएर निकै उत्साहित रहेका छन।
आमिर खानले ‘लाहोर १९४७’ निर्माण गर्दैछन्। आमिरले फिल्ममा केमियो गर्ने कि नगर्ने भन्ने खुलाइएको छैन तर आमिर आफैले यो फिल्ममा केमियो गर्ने बताएका छन्।
रिपोर्टका अनुसार करणले सन्तोषी र आमिर खान दुवैलाई मन परेको फिल्मको लागि अडिसन दिएका थिए। अब सनी र करणको क्यारेक्टरसँग सम्बन्धित एउटा ठूलो अपडेट आएको छ।
सन्नी देओलले आफ्नो छोरा करण देओलसँग पहिलो पटक ‘लाहोर १९४७’ मा स्क्रिन सेयर गर्दैछन्। निर्देशक राजकुमार सन्तोषीले आफ्नो पहिलो फिल्ममा बाबु छोरालाई पिच गर्न लागेको खुलासा गरेका छन्।
Facebook Comment