हङकङ प्रजातन्त्र समर्थक प्रदर्शनमा भाग लिएको आरोपमा अभिनेता ग्रेगरी वोङसहित १२ जनालाई जेल
काठमाडौं । हङकङमा सन् २०१९ को प्रजातन्त्र पक्षधर आन्दोलनमा भाग लिएको आरोपमा अभिनेता ग्रेगरी वोङसहित १२ जनालाई जेल सजाय सुनाइएको छ।
त्यहाँको जिल्ला अदालतले शनिबार अभिनेता वोङलाई ६ वर्षभन्दा बढी जेल सजाय सुनाएको हो । कार्यकर्ता भेन्टस लाउ विङ-होङ र ओवेन चाउलाई पनि जेल सजाय सुनाइएको थियो।
विना अनुमति व्यवस्थापिका–परिषद्को कक्षमा प्रवेश गरेको आरोपमा दुई पत्रकारलाई जरिवाना गरिएको छ । सजाय पाएका अधिकांशमाथि दंगा भड्काएको आरोप थियो।
यो कुरा जुलाई २०१९ को हो, जब हङकङमा एउटा विवादास्पद कानुन ल्याइँदै थियो। यसअन्तर्गत यहाँका मानिसहरूलाई चीनको मुख्य भूमि सुपुर्दगी गर्न सकिनेछ।
यस कानुनको विरोधमा हङकङमा धेरै प्रदर्शनहरू भएका थिए। सयौं प्रदर्शनकारी व्यवस्थापिकामा प्रवेश गरे र भित्तामा आफ्नो सन्देश कोरेका थिए।
Facebook Comment