कोचिङ कक्षामा पेस्तोल लिएर पुगे ९ कक्षाका विद्यार्थी, झुक्किएर गोली चल्यो साथीको मृत्यु

डिसी नेपाल
१७ साउन २०७६ १०:३३

पटना। दानापुरको बीबीगंजमा बिहीबार ९ कक्षामा पढ्ने एक विद्यार्थी कोचिङ कक्षामा पेस्तोल लिएर पुगे । कक्षा सुरु हुनुभन्दा पहिले सहपाठीहरुलाई देखाउन उनी हातमा पेस्तोल लिएर यताउता घुमिरहेका थिए । यत्तिकैमा झुक्किएर गोली चल्दा उनका साथी आशिक कुमारको छातीमा लाग्यो । गम्भीर घाइते आशिकलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको दैनिक भास्करको समाचारमा उल्लेख छ

मृतक र पेस्तोल लिएर जाने छात्र दुवै एउटै स्कुलमा एउटै कक्षामा पढ्थे । गोली चलेपछि आरोपी छात्र पेस्तोल ब्यागमा राखेर भाग्दै गर्दा अन्य छात्रले उनलाई समाते । पछि पुलिस पुगेपछि उनलाई हिरासतमा लिएको छ । उनीसँग प्वाइन्ट ३२ एमएम पेस्तोल थियो । उनी पनि नासिरगंजकै हुन् । आरोपी किशोर नाबालिग भएकोले पुलिसले उनको बारेमा थप जानकारी सार्वजनिक गरेको छैन ।

नाबालिग ९ कक्षाका छात्रसँग कहाँबाट पेस्तोल आयो। के उनको घरमा थियो ? उनले पेस्तो किनेको भए किन किने ? किनेको भए कोसँग किने र पैसा कहाँबाट आयो । यी कुराहरुको पुलिले अनुसन्धान गरिरहेको जनाएको छ । आरोपीले जानीजानी गोली हानेका हुन् वा झुक्किएर गोली चलेको हो भन्ने खुलासा भएको छैन । आसपास भएका छात्रहरुले गोली चलेको आवाज ुनेपछि जाँदा आशिक भुइँमा छटपटाइरहेको देखेको बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *