घट्यो सुनको मूल्य

डिसी नेपाल
५ चैत २०८० ११:२८

काठमाडौं। सुनको मूल्य घटेको छ। आइतबारको तुलना सोमबार सुनचाँदीको मूल्य घटेको हो।

सोमबार तोलामा ५०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख २४ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार छापावाल सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भएको थियो।

तोलामा १० रुपैयाँले घटेर चाँदी प्रतितोल १ हजार ५२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *