नेपाली अभिनेत्री साम्राज्ञीको भारतीय मिडियामा चर्चा, बनाइयो विशेष रिपोर्ट

डिसी नेपाल
१७ साउन २०७६ ११:१०

काठमाडौं। नेपाली अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको बारेमा भारतीय मिडियामा विशेष रिपोर्ट प्रकाशित भएको छ । भारतीय मिडिया ‘आज तक’ मा प्रिया शांडिल्यले यो रिपोर्ट लेखेकी हुन् । प्रियाले यसअघि महानायक राजेश हमाललाई नेपालका अमिताभ बच्चन भन्दै अर्को रिपोर्ट पनि लेखेकी थिइन् । रिपोर्टको नेपाली अनुवाद यतो छ ।

नेपाली अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहबारे कमैलाई मात्र थाहा होला । सन् २०१६ मा फिल्म ड्रिम्सबाट डेब्यू गरेकी साम्राज्ञी आज नेपाली फिल्ममा सर्वाधिक पारिश्रमिक लिने अभिनेत्री बनिसकेकी छिन् । मात्रै ३ वर्षमा उनको स्टारडमले निकै ठूलो रुप लिइसकेको छ । तर, फिल्ममा करिअर बनाएकी यी हिरोइन वास्तविक जीवनमा राजघरानासँग सम्बन्ध राख्छिन् । आउनुहोस् जानौं टप हिरोइन साम्राज्ञी आरएल शाहको जिन्दगीसँग जोडिएका केही रोचक कुराहरु ।

अभिनेत्री साम्राज्ञी नेहा राज्यलक्ष्मी र महेश बिक्रम शाहकी छोरी हुन् । रिपोर्टका अनुसार साम्राज्ञीका पूर्वज राजघरानाका वंशज हुन् । साम्राज्ञीका वंशजमा सामेल त्रिभुवन वीर बिक्रम शाहलाई नेपालबाट राणा राज्य हटाएको श्रेय दिइन्छ । उनैका वंशजमा ज्ञानेन्द्र शाह राजा रहिसकेका छन् जसलाई पछि राजगद्दीबाट हटाइएको थियो र वीरेन्द्र शाहको हत्या गरिएको थियो । उनी पृथ्वी नारायण शाहको वंशजसँग जोडिएकी छिन् । राजा पृथ्वी संयुक्त नेपाल र गोरखाका प्रथम राजा थिए ।

साम्राज्ञी नेपाली सिनेमाकी टप अभिनेत्रीमध्ये एक हुन् । आज उनी इण्डष्ट्रीकी सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्री हुन् । नेपाली ट्रेन्ड्सका अनुसार शाह एक फिल्मका लागि १६ लाख रुपैयाँ लिन्छिन् । शाहले आफ्नो पढाइको क्रममा केही समय भारतमा पनि बिताएकी छिन् । उनको शिक्षाको कुरा गर्दा उनी नेपाल इन्टिच्युट अफ म्यानेजमेन्ट एण्ड साइन्सबाट ब्याचलर इन सोसियोलोजी हुन् ।

उनले आफ्नो अभिनय करिअरको सुरुवात फिल्म ड्रीम्सबाट गरेकी थिइन् । फिल्मले बक्स अफिसमा राम्रो प्रदर्शन गर्यो । यद्यपि यो फिल्ममा उनको अभिनयलाई खौ प्रशंशा गरिएन तर उनी निर्देशकका नजरमा आइसकेकी थिइन् । दर्शकले पनि यी सुन्दर र प्रतिभाशाली अभिनेत्रीलाई मन पराए ।

एक रिपोर्टका अनुसार ६ वर्षको उमेरमा शाहलाई चिकेन पक्स भएको थियो । यसको अत उनको गालामा अहिले पनि छ । शाह सामाजिक संजालमा निकै सक्रिय छिन् । उनी आफ्नो इन्स्टाग्राममा बोल्ड फोटोहरु पोस्ट गरिरहन्छिन् । शाहको अभिनय यात्रा धेरै पुरानो छैन तर उनले यो ३ वर्षको अवधिमा आफ्नो क्षमताको बलमा ५ अवार्ड जितेकी छिन् ।

आफ्नो पहिलो फिल्म ड्रीम्सका लागि उनलाई नेफ्टा फिल्म अवार्ड, एनएफडीसी नेशनल फिल्म अवार्ड, कामना फिल्म अवार्ड, डी सिने अवार्डमा बेस्ट डेब्यू एक्टर फिमेल र फान अवार्डमा स्टार अफ र इयर अवार्डले सम्मानित गरिसकिएको छ । २०१६ मा डेब्यू गरेपछि उनले २०१७ मा ए मेरो हजुर २ मा आफ्नो अभिनयबाट दर्शकको मन जितिन् । त्यसपछि तिमी सँग, कायरा, इन्टु मिन्टु लण्डनमा लगायतका फिल्ममा काम गरिन् । उनी अब रातो टिका निधारमा, मारुनी र शुभविवाहमा आउँदैछिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *