महरालाई अस्पतालमा राखिने

डिसी नेपाल
५ चैत २०८० १९:१६

काठमाडौं। सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई अस्पतालमा राखिने भएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धानका लागि म्याद थप गर्नका लागि अदालतमा पेश गरेको थियो।

काठमाडौं जिल्ला अदालतले ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएसँगै अस्पतालमा राख्न आदेशसमेत दिएको हो। स्रोतका अनुसार उनलाई नर्भिक अस्पतालमा राखिने भएको छ।

सोमबार बिहान रुपन्देहीबाट पक्राउ परेका उनलाई काठमाडौं ल्याएर अदालतमा उपस्थित गराइएको थियो।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदनमा महराको संलग्नता देखाएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *