सुरु भयो टीकापुर घटनाको मुद्दाको सुनुवाइ प्रक्रिया

डिसी नेपाल
३० साउन २०७५ १५:१५

धनगढी । झण्डै तीन वर्षअघि भएको टीकापुर घटनासँग सम्बन्धित मुद्दामा आज तोकिएको पेशीमा वादी प्रतिवादी पक्षका व्यक्तिसँग साक्षी बुझ्ने आदेश भएको छ।

कैलाली जिल्ला अदालतका न्यायाधीश पर्शुराम भट्टराईको इजलासले सो आदेश दिएको अदालतका स्रेस्तेदार इन्दबहादुर कठायतले बताए। उक्त मुद्दामा आगामी भदौ २४ गते अर्को तारिख तोकिएको छ।

न्यायाधीश भट्टराईको इजलासबाट उक्त मुद्दाको सुनुवाइ प्रक्रिया शुरु भएपछि सर्वसाधारणको चासो बढेको छ। टीकापुरमा भएको घटनासँग सम्बन्धित मुद्दा सरकारवादी फौजदारी हो । भदौ ७ गते टीकापुर घटना भएको तीन वर्ष पुग्दैछ।

घटनाका अभियुक्तमध्ये २३ जना पुर्पक्षका लागि कैलाली कारागार र एक जना रेशमलाल चौधरी केन्द्रीय कारागार तथा अभियुक्तका आश्रित दुई बालकलाई पोखराको बाल सुधारगृहमा राखिएको छ । टीकापुर घटनाका ५८ अभियुक्त रहेकामा २२ जना अझै फरार रहेको अदालतका स्रेस्तेदार कठायतले बताए।

थरुहट/थारुवान राज्यको माग गर्दै भएको आन्दोलनका क्रममा विसं २०७२ भदौ ७ गते भएको झडपमा परी एक नाबालक र सात प्रहरीको मृत्यु भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *