एकदिनमै बैंक-वित्तीय संस्थाले राष्ट्र बैंकमा राखे १ अर्ब निक्षेप

काठमाडौं। नेपाल राष्ट्र बैंकमा बैंक तथा वित्तीय संस्थाले १ दिनमै १ अर्ब रुपैयाँ निक्षेप जम्मा गरेको छ।
बैंक तथा वित्तीय संस्थाले चैत ४ गते आइतबार मात्रै ९१ अर्ब ७० करोड रुपैयाँ निक्षेप राखेका थिए। बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि बैंक तथा वित्तीय संस्थाले धमाधम केन्द्रीय बैंकमा निक्षेप राख्न थालेको हो।
फागुन १ गतेबाट केन्द्रीय बैंकले स्थायी निक्षेप संकलन सुविधा कार्यान्वयनमा ल्याएको थियो। स्थायीले निक्षेप संकलन सुविधा अन्तर्गत बैंकहरुले लगानी गरेर आफूसँग बाँकी रहेको सबै रकम राष्ट्र बैंकमा राख्न सक्छन् । यसरी राखेको रकम ४ दिनसम्म झिक्न मिल्दैन।
प्रतिक्रिया
Facebook Comment