गृहमन्त्रीको राजीनामा माग गर्दै सिंहदरबारमा प्रदर्शन गर्ने नेविसंघका कार्यकर्ता पक्राउ (तस्वीरसहित)
काठमाडाैं। उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेलाई पदबाट हटाउनुपर्ने माग गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सिंहदरबार परिसरमा प्रदर्शन गरेका छन्।
सहकारी प्रकरणमा मुछिएका लामिछानेलाई मन्त्री बनाएको भन्दै तत्काल पदबाट हटाउनुपर्ने मागका साथ उनीहरुले प्रदर्शन गरेका हुन्।
प्रदर्शनका क्रममा उनीहरुले सिंहदरबारबाहिरको पर्खालमा सहकारी पीडितलाई न्याय खै, नैतिकता खोइ, अर्थमन्त्री सुनमन्त्री लगाएत लेखिएका पोष्टर टासेका थिए।
पोष्टर टाँसेपछि प्रहरीले हस्तक्षेप गरि केहि विद्यार्थीहरुलाई नियन्त्रणमा लिएको छ। उनीहरुले गृहमन्त्री राजीनामा दे, सहकारी पिडितलाई न्याय दे, लगाएतका नारा लगाएका थिए । सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछाने विरुद्ध कांग्रेसले सदनमा र भातृसंगठनले सडकमा विरोध गर्दै आएको छ।
Facebook Comment