संसदमा गृहमन्त्रीको राजीनामा माग्दै कांग्रेसको विरोध

डिसी नेपाल
६ चैत २०८० १२:५४

काठमाडाैं। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै प्रतिपक्षी नेपाली कांग्रेसले मंगलबार पनि प्रतिनिधिसभामा विरोध जनाएको छ।

मंगलबार प्रतिनिधिसभाको बैठक सुरु हुनेबितिकै कांग्रेसका सांसदहरु आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले सो पार्टीका सांसद दीपक गिरीलाई बोल्न समय दिएका थिए।

गिरीले सहकारी प्रकरणमा उजुरी परेका व्यक्तिलाई नै गृहमन्त्री बनाउँदा अनुसन्धान प्रभावित हुने भएकाले तत्काल राजीनामा दिनुपर्ने माग गरे।

तत्कालीन अवस्थामा लामिछाने संलग्न रहेको गोर्खा मिडिया नेटवर्कले बिभिन्न सहकारीबाट ऋण लिएर नतिरेको र सहकारी बचतकर्तालाई ठगी गरेको उनले बताए। उनले स्वार्थ बाझिने गरि लामिछानेलाई किन गृहमन्त्री बनाउनुपर्यो भनेर प्रश्न गरे।

गिरीले अहिलेको अवस्थामा एउटै बिकल्प लामिछानेको राजीनामा भएको जिकिर गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *