लोसपाको केन्द्रीय समिति बैठक बर्दिवासमा सुरू

डिसी नेपाल
६ चैत २०८० १९:०७

महोतरी। लोकतान्त्रिक समाज पार्टी नेपालको केन्द्रीय समितिको बैठक महोत्तरीको बर्दिवासमा प्रारम्भ भएको छ। नेताहरु  जितेन्द्र सोनल, सर्वेन्द्र सुक्ला र रामप्रकाश चौधरीले प्रस्तुत गरेको प्रतिवेदनलाई छलफल गर्ने गरी २ दिनसम्म केन्द्रीय बैठक जारी रहने लोसपा नेपालले जनाएको छ।

सबै नेताहरुले प्रस्तुत गरेको प्रतिवेदनलाई छलफल गर्न १० वटा समुह निर्माण गरिएको र उनीहरुले राय सहितको निष्कर्ष दिएपछि प्रारम्भिक चरणको बैठक समापन हुने प्रवक्ता आभाष लाभले जानकारी दिए।

बैठकमा केन्द्रिय समितिका ३११ सदस्य मध्ये २०१ जना भन्दा बढी सहभागी भएका छन । ‘केन्द्रीय पदाधिकारीका ६४ जना भने सबै सहभागी भएका छन,’ प्रवक्ता लाभले भने, ‘७ गतेसम्म चल्ने बैठक निकै उपलब्धिमुलक हुने विश्वास गरिएको छ।’

वरिष्ठ उपाध्यक्ष समेत रहेका जितेन्द्र सोनलले संगठन सुदृढीकरण सम्बन्धि प्रतिवेदन पेश गरेका छन् भने वरिष्ठ स–अध्यक्ष सर्वेन्द्रनाथ शुक्ला पछिल्लो राजनीतिका अवधारणामा केन्द्रित भएका छन्।

रामप्रकाश चौधरीले पार्टीको अन्तरिम विधान बमोजिम गठन भएका २५ वटा भातृ संगठन र शुभेच्छुक ८ वटा संगठन गरी ३३ वटा संगठनको प्रतिवेदन प्रस्तुत गरेका छन। अन्य संगठनहरु विधानअनुसार नै पूर्णता पाएता पनि लोकतान्त्रिक निजामति कर्मचारी संघको विषय भने छलफलको लागि अगाडी सारिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *