संघीय संसद्का दुवै सदनको बैठक बस्दै

डिसी नेपाल
७ चैत २०८० ६:५०

काठमाडौं। आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै छ। प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक सवा ११ बजे बस्न लागेको हो।

आजको प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफल जारी रहने संघीय संसद सचिवालयले जनाएको छ।

त्यस्तै, राष्ट्रिय सभाको बैठकमा आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफल जारी रहने संघीय संसद सचिवालयले जनाएको छ । त्यस्तै, बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले कार्यव्यवस्था परामर्श समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्नेछन्।

संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले ‘राष्ट्रिय निकुञ्ज, बन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्धन्द्धको अवस्था अध्ययन प्रतिवेदन, २०८० माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेश गर्नेछन्।

आगामी आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सभामा छलफल जारी रहने संसद सचिवालयले जनाएको छ।

साथै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘अनुगमन मुल्यांकन विधेयक २०८० माथि प्रतिनिधि सभाबाट भएको संशोधनप्रति छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने ‘प्रस्तावलाइ पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।

बैठकमा अर्थमन्त्री वर्षमान पुनले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नुहुने कार्यसूची रहेको संघीय संसद सचिवलायले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *