पेरिस ओलम्पिक २०२४ मा रुस र बेलारुसका खेलाडी उद्घाटन समारोहमा सहभागी नहुने

डिसी नेपाल
७ चैत २०८० १५:४३

काठमाडौं । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले यस वर्ष पेरिसमा हुने ओलम्पिक खेलको उद्घाटन समारोहमा रुस र बेलारुसका खेलाडी सहभागी नहुने बताएको छ ।

यसबारे समितिले भन्यो, ‘यी खेलाडीहरु व्यक्तिगत रुपमा सहभागी छन् तर उनीहरुलाई यो कार्यक्रमको अनुभव गर्ने अवसर दिइनेछ ।

पेरिस ओलम्पिकमा सहभागी हुन रुसी राहदानी भएका १२ खेलाडी र बेलारुसको राहदानीसहित ७ खेलाडीले आवेदन दिएका छन् ।

सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा रुसले आक्रमण गरेपछि यी दुई देशका खेलाडीलाई ओलम्पिक खेलमा सहभागी हुन प्रतिबन्ध लगाइएको छ । तर, दुवै देशका खेलाडीले कुनै पनि देशको हिस्सा नभई तटस्थ भएर खेलमा भाग लिन सक्नेछन् ।

पेरिस ओलम्पिक कमिटीको शर्त अनुसार यी खेलाडीले आफ्नो राष्ट्रिय झण्डा, राष्ट्रिय प्रतीक र राष्ट्रिय गान बिना नै सहभागी हुनुपर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *