गृहमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शनमा उत्रिएको नेविसंघ र प्रहरीबीच झडप
काठमाडौं। गृहमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संंघ(नेविसंघ) र प्रहरीबीच झडप भएको छ।
बिहीबार काठमाडौंको पुतलीसडकस्थीत शंकरदेव क्याम्पस अगाडी गृहमन्त्रीको राजीनामा माग गर्दै राँके जुलुसका साथ प्रदर्शनमा उत्रिएका नेविसंघ आवद्ध विद्याथी र प्रहरीबीच झडप भएको हो। राँके जुलुस प्रदर्शन गरेपछि विद्यार्थीहरुको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो। उनीहरुले ‘सहकारी पिडितलाई न्याय दे’, ‘गृहमन्त्री राजीनामा द’े लगायतका नारा लगाएका थिए।
नेविसंघले सहकारी प्रकरणमा मुछिएकालाई गृहमन्त्री बनाएको र अनुसन्धान प्रभावित हुने भएकाले बर्खास्त गर्न माग गर्दै आएको।
प्रतिक्रिया
Facebook Comment