नख्खु कारागारमा कैदीबन्दीहरुबीच भिडन्त, एकको मृत्यु

डिसी नेपाल
१७ साउन २०७६ १४:२२

काठमाडौं। ललितपुरको नख्खु कारागारमा कैदीबन्दीबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो उनहिरुबीच भिडन्त भएको ललितपुर प्रहरीले जनाएको छ । भिडन्तमा गम्भीर घाइते भएका एक जनालाई राष्ट्रिय ट्रमा सेन्टर पठाइएको ललितपुर प्रहरीले बतायो ।

ट्रमा सेन्टर पठाइएका घाइतेको मृत्यु भएको छ । ट्रमा सेन्टरले घाइते अस्पताल ल्याउँदा नै मृत भएको अस्पतालले जनाएको छ । अस्पतालले उनलाई मृत घोषित गरेको छ । कारागारमा जेल जीवन बिताइरहेका पूर्ण बहादुर राजीवको मृत्यु भएको हो ।

ललितपुर प्रहरीका अनुसार जबरजस्ती करणी मुद्दाका दोषी पूर्णबहादुर राजीवमाथि ज्यान मुद्दाका कैदीबन्दीले आक्रमण गरेका हुन् । आक्रमणकारीको नाम पवन रहेको बुझिएको छ यद्यपि यसको पुष्टि भएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *