हाम्रोतर्फबाट सरकार अस्थिर बनाउने काम हुँदैन : उपमहासचिव खतिवडा

डिसी नेपाल
१० चैत २०८० २२:५३

महोत्तरी। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का उपमहासचिव जगन्नाथ खतिवडाले अहिलेको संसद्भित्र आफ्नो दल एकीकृत समाजवादी निर्णायक नभई सहयोगीमात्र भएको हुँदा आफ्नातर्फबाट सरकार अस्थिर बनाउने खेल नहुने बताएका छन्।

आज महोत्तरीको बर्दिबासमा समाजवादी प्रेस संगठन नेपाल, महोत्तरीको प्रथम जिल्ला अधिवेशनमा उद्घाटन मन्तव्य दिँदै खतिवडाले मुख्य भनिने ठूला दलका कारण सरकार स्थायी नभएको धारणा राखे।

उनले भने, ‘जनताले सरकार स्थायी भएन भनेर चित्त दुखाउने ठाउँ छैन, जनादेश नै त्यस्तै छ।’ उनले संसद्भित्र हुने गणितको खेलले सरकार स्थिर हुन नसकेको बताए। खतिवडाले पत्रकारलाई निर्भिक भएर भ्रष्टाचारविरुद्ध, सुशासन प्रवर्द्धनका पक्षमा कलम चलाउन अपिल गरे।

समाजवादी प्रेस संगठनका केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदी, महासचिव रामकुमार एलन, मधेस अध्यक्ष प्रवीण साहसहितले आफूहरू संगठन विस्तारको अभियानमा लागेको उल्लेख गरे।

संगठनका जिल्ला अध्यक्ष शर्मिला घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका कार्यवाहक अध्यक्ष सुनिता बराल र नेकपा (एमाले) नेता शंकर महतोसहितले शुभकामना मन्तव्य व्यक्त गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *