गाजामा तत्काल युद्धविराम लागू गर्न माग गरिएको प्रस्ताव सुरक्षा परिषदमा स्वीकृत

डिसी नेपाल
१३ चैत २०८० ११:४५

काठमाडौं । गाजामा युद्धविराम तत्काल कार्यान्वयन गर्न माग गर्दै संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् (युएनएससी) मा ल्याइएको प्रस्ताव स्वीकृत भएको छ । समाचार एजेन्सी एएफपीका अनुसार अमेरिकाले यस प्रस्तावमा भएको मतदानमा भाग लिएन ।

चीनले सोमबार नै गाजामा युद्धविराम तत्काल कार्यान्वयन गर्न माग गर्दै संयुक्त राष्ट्र सुरक्षा परिषद्मा प्रस्ताव पेश गरेको जानकारी दिएको थियो । यसअघि अमेरिकाले ल्याएको प्रस्तावलाई चीन र रुसले भिटो गरेका थिए ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले चीनले यो मस्यौदा प्रस्तावलाई समर्थन गरेको बताए। उनले यो प्रस्ताव तयार गर्न अल्जेरिया र अन्य अरब देशहरूको कडा मेहनतको प्रशंसा गरेको पनि बताए।

अक्टोबर ७ मा इजरायलमा हमासको हमलापछि गाजामा इजरायली हमलामा हालसम्म ३२ हजार २२६ जनाको मृत्यु भइसकेको छ । गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले यो तथ्यांक सार्वजनिक गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *