‘मारुनी’को फरक शैलीको पोष्टर, हलसम्म तान्ला त दर्शक

डिसी नेपाल
१७ साउन २०७६ १७:३५

काठमाडौं। नेपाली चलचित्र ‘मारुनी’को अफिसियल पोष्टर सार्वजनिक भएको छ। चलचित्रको पोष्टरमा नायक पुष्प खड्का, नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र कलाकार रेविका गुरुङलाई देखाइएको छ। पोष्टर हेर्दा चलचित्र त्रिकोणात्मक प्रेमकथामा आधारीत छ।

त्यस्तै चलचित्रको अर्को पोष्टरमा नायिका साम्राज्ञी र पुष्पको आधा अनुहार मात्रै देखाइएको छ। जसले दर्शकमा कौतुहलता उत्पन्न गरेको छ। तर, यसले दर्शकहरुलाई हलसम्म तान्न सक्छ या सक्दैन त्यो भने भदौ १३ गते नै थाहा हुनेछ। नेपाली चलचित्र क्षेत्रमा यस किसिमका पोष्टर कमै मात्रामा सार्वजनिक भएका छन्। नवल नेपालले निर्देशन गरेको यो चलचित्रलाई पूनम गौतमले निर्माण गरेकी हुन्।

यसअघि चलचित्रका दुई गीत सार्वजनिक भइसकेका छन्। जसले बजारमा राम्रो प्रतिक्रिया पाइरहेका छन्। चलचित्रमा साम्राज्ञी, पुष्प र रेविकासँगै आयुश प्रधान, अर्जुन श्रेष्ठ, विनोद भट्टराईलगायतको अभिनय रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *