नेपाली महिला क्रिकेट टिमले एशिया कप खेल्ने

डिसी नेपाल
१३ चैत २०८० १८:०६

काठमाडौं। नेपाली महिला क्रिकेट टिम एशिया कप खेल्ने भएको छ। मंगलबार एसियाली क्रिकेट काउन्सिल (एसीसी)  ले आगामी महिला एसिया कप २०२४ को घोषणा गरेको छ। जसमा नेपाललाई समावेश गरेको छ।

महिला एशिया कप जुलाई १९ देखि जुलाई २८, २०२४ सम्म श्रीलंकाको डाम्बुलामा हुने तय भएको छ।  प्रतियोगिताको यो संस्करण आठ देश सहभागी हुने छन्।

भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशसहित एसीसीले महिला प्रिमियर कप २०२४ को सेमिफाइनल पुग्ने युएई, मलेसिया, नेपाल र थाइल्याण्डलाई एशिया कप खेल्न दिने निर्णय गरको हो।

एसीसीले क्रिकेटमा समावेशीता र समानताका लागि महिला एसिया कप २०२४ ले सबै महिला रेफ्री र अम्पायरहरू हुने परम्परालाई निरन्तरता दिने बताएको छ।

एशिया कपमा नेपाल समुह ए मा रहेको छ। नेपाल भारत, पाकिस्तान र युएईसँगै समुह ए मा रहेको छ भने समुह बी मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड रहेका छन्।

नेपालले आफ्नो पहिलो खेल एसियाकपको उदघाटनकै दिन जुलाई १९ मा पाकिस्तानविरुद्ध खेल्ने छ भने दोस्रो खेल जुलाई २१ मा युएईविरुद्ध र तेस्रो खेल जुलाई २३ मा भारतविरुद्ध खेल्ने तालिका एसीसीले सार्वजनिक गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *