अमेरिका पुल दुर्घटना : कोस्ट गार्डले उद्धार कार्य रोक्यो, दुर्घटनामा बेपत्ता मानिसहरू मारिएको मानियो
काठमाडौं । अमेरिकी राज्य मेरिल्याण्डको बाल्टिमोर सहरमा विमान ठोक्किएपछि भएको पुल दुर्घटनाको उद्धार कार्य अहिले रोकिएको छ । अमेरिकी कोस्ट गार्ड अधिकारीहरूले बेपत्ता ६ जना कामदारको मृत्यु भएको अनुमान गरेका छन्।
दुर्घटना हुँदा सबैजना पुलको खाल्डो भर्ने काममा व्यस्त रहेको र जहाज पुलमा ठोक्किएपछि पानीमा खसेको अनुमान गरिएको छ । उनीहरु सबै बेपत्ता छन् र अवस्था हेर्दा उनीहरु जिवितै नहुने अनुमान गरिएको छ ।
अमेरिकी कोस्ट गार्डका अधिकारीहरूले समय बित्दै जाँदा उद्धार कार्य झनै कठिन हुँदै गएको बताएका छन्।
पानीको तापक्रम र तैरिरहेको भग्नावशेषका कारण रिकभरी प्रक्रिया निकै चुनौतीपूर्ण भएको एक अधिकारीले बताएका छन् ।
प्रतिक्रिया
Facebook Comment