उदारवादतर्फ साउदीको अर्को महत्वपूर्ण कदम, पहिलो पटक मिस युनिभर्स प्रतियोगितामा भाग लिने

डिसी नेपाल
१४ चैत २०८० १२:२१

काठमाडौं । मिस युनिभर्स प्रतियोगितामा पहिलो पटक साउदी अरेबियाकी महिला मोडल सहभागी हुन लागेकी छिन् । साउदी अरबले औपचारिक रूपमा मिस युनिभर्स प्रतियोगितामा रुमी अलकाहतानीलाई इस्लामिक देशको पहिलो प्रतिनिधिको रूपमा सामेल गराउने भएको छ।

यो साउदी अरबले उदारवादतर्फ उठाएको अर्को ठूलो कदम हो। यो सबै साउदी राजकुमार मोहम्मद बिन सलमानको निर्णयका कारण सम्भव भएको हो । साउदी अरेबियाको तर्फबाट यस प्रतियोगितामा भाग लिने मोडलको नाम रुमी अलकाहतानी हो । उनी २७ वर्षकी भइन् ।

उनले सोमबार आफ्नो इन्स्टाग्राममा पोष्ट गर्दै अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा देशकै पहिलो सहभागी हुने बताएकी छन् । उनले आफ्नो पोस्टमा लेखेकी छन्, ‘साउदी अरेबिया पहिलो पटक मिस युनिभर्स प्रतियोगितामा भाग लिनेछ।’ यो प्रतियोगितामा यो देश पहिलो पटक सहभागी हुन लागेको हो ।

रुमी साउदी अरबको राजधानी रियादकी हुन् । उनी विश्वव्यापी सौन्दर्य प्रतियोगितामा भाग लिने मोडलका रूपमा चिनिन्छिन् । अरब न्युजको रिपोर्टका अनुसार रुमीले भनिन्, ‘मेरो योगदान विश्व संस्कृतिको बारेमा जान्ने र हाम्रो साउदी संस्कृति र सम्पदालाई विश्वमा पुर्‍याउनु हो।’

मिस साउदी अरेबियाको ताज जित्नुका साथै उनले मिस मिडल इस्ट (साउदी अरेबिया), मिस अरब वर्ल्ड पीस २०२१ र मिस वुमन (साउदी अरेबिया) को उपाधि पनि जितेकी छिन् । इन्स्टाग्राममा उनका १० लाख फलोअर्स छन् । रियादमा जन्मेकी मोडल र कन्टेन्ट क्रिएटर रुमी अहिले मिस युनिभर्स प्रतियोगिता २०२४ को लागि निकै उत्साहित छिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *