इन्डोनेशियामा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी

डिसी नेपाल
१७ साउन २०७६ २२:१८

जाकर्ता (एजेन्सी) । इन्डोनेशियामा शक्तिशाली भूकम्प गएको छ। इन्डोनेसियाको जाभा टापुमा शुक्रबार स्थानीय समयअनुसार बेलुक साढे ८ बजे ६.९ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूकम्प मापन केन्द्रले जनाएको छ । चिनियाँ भूकम्प मापन केन्द्रले भने सो भूकम्प ७ म्याग्निच्युडको भएको जनाइएको छ ।

शक्तिशाली भूकम्पको धक्का राजधानी जाकर्तासम्म महशुस भएको बेलायती समाचार एजेन्सी रोयर्टसले उल्लेख गरेको छ । जकर्ता निवासी केही व्यक्तिहरुले भूकम्प महशुस गरेको रोयर्टसले उल्लेख गरेको छ ।

समाचार एजेन्सी एएफपीका अनुसार सो भूकम्प जाभा टापु नजिकैको समुद्रको ५२ किलोमिटर लत केन्द्र विन्दु बनाएर गएको थियो। भूकम्पले पुर्याएको क्षतिबारे भने केही खुलाइएको छैन । अधिकारीहरुले सुनामी आउन सक्ने भन्दै चेतावनी जारी गरेको बीबीसीले उल्लेख गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *