दक्षिण यमनमा अल कायदाको आक्रमण,१९ सैनिकको मृत्यु

डिसी नेपाल
१८ साउन २०७६ ५:४०

यमन । दक्षिण यमनमा रहेको एक सैन्य शिवीरमा शुक्रबार अल कायदा लडाकू समूहले गरेको एक आक्रमणमा परी १९ सैनिकको मृत्यु भएको छ।

सरकारको नियन्त्रणमा रहेको यमनको दोस्रो ठूलो शहर एडेन रहेको एक सैन्य शिविरनजिकै विद्रोहीको आक्रमण भएको एक दिन पछाडी पुनः अल कायदाको आक्रमण भएको छ।

यस आक्रमण्मा परी कम्तीमा ४७ यमनी प्रहरीको मृत्यु भएको थियो । मारिएका ती प्रहरीहरु प्राय नयाँ भएका जनाइएको छ । यस आक्रमणमा परी दर्जनौं प्रहरी जवान घाइते भएका चिकित्सकहरुले बताएका थिए।

आब्यान प्रान्तमा रहेको अल माहफिद शिवीरमा सशस्त्र रुपमा आएका बन्दुकधारीहरुले आक्रमण गरेका सुरक्षा अधिकारीहरुले एएफपी समाचार समितिलाई जनाएका छन्।

यसरी आक्रमणमा परी १९ सैनिक मारिएका अन्य केही घाइते र यस घटनाको विस्तृत विवरण मृतकको सङ्ख्या दुई सरकारी अधिकारीहरुले पुष्टि गरेका छन्। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *