आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?

काठमाडौं, १८ चैत। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार लागि तरकारी तथा फलफूलको मूल्य सार्बजनिक गरेको छ।
जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १४०, कालो अंगुर २००, केरा १३० रुपैयाँ दर्जन, अनार २५०, भारतीय सुन्तला १२०, नेपाली मेवा ७० चुकुन्दर ५० र स्ट्रबेरी भुईऐसेलु २५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।
समितिका अनुसार नेपाली ठूलो गोलभेडा र भारतीय ठूले गोलभेडा ७०, अदुवा २२०, रातो आलु ४४ र रातो भारतिय आलु ३८ रूपैयामा कारोबार हुदाँ स्थानीय काउली १०, लौका ६०, कागती २४०, लोकल काक्रो ६०, सुकेको खुर्सानी ४३०, हरियो खुर्सानी ९० रुपैयाँ प्रतिकेजी कायम भएको छ।
तराइ गाजरको न्यूनतम मूल्य प्रतिकेजी २५ रुपैयाँमा कारोबार हुदाँ लोकल बन्दा १८, हाइब्रीड सेतो मूला २५ र रातो मूला ४५ रुपैयाँमा कारोबार हुदाँ लोकल घिउ सिमी २५ रुपैयाँ, राजमा घिउ सिमी ९० रुपैयाँ र टाटे सिमी ४० रुपैयाँ, हरियो फर्सी लाम्चो र हरियो डल्लो फर्सी २५ रूपैयामा खरिदबिक्र हुदैछ भने तोरीको साग ४० र रायोको साग ४० रुपैयाँमा खरिदबिक्री हुँदा उता चमसूर, पालूगो, मेथी, सौफको साग १०० र जिरीको साग ५० रुपैयाँमा कारोबार हुनेछ।
गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ७०, हरियो प्याज ३० र पुदीना १०० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली ४०, चाइनिज सुकेको लसुन २६०, हरियो लसुन १२० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भान्टा २०, भिण्डी ९० र हरियो धनिया ४० रुपैयाँ पाइने समितले जनाएको छ।
उता, ताजा छडी माछा २५० रुपैयाँमा कारोबार हुदाँ बचुवा माछा २६०, रहु माछा ३४० र मंगुरी माछा ३५० रुपैयाँमा किनबेच भइरहेको छ।
Facebook Comment